Section 5
परिषद्को उद्देश्य :

परिषद्को उद्देश्य देहाय बमोजिम हुनेछ :
(क) बृहत्तर जनकपुर क्षेत्रको सामाजिक, धार्मिक, आर्थिक तथा साँस्कृतिक विकासका पूर्वाधारहरूको विकास गर्ने ।
(ख) बृहत्तर जनकपुर क्षेत्रभित्रको धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका स्थानहरू र सोही क्षेत्रभित्र रहेका विभिन्न सम्पदाहरूको संरक्षण र व्यवस्थापन गर्ने ।
(ग) बृहत्तर जनकपुर क्षेत्रभित्रका प्राचीन, ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका मठ, मन्दिर, सरोवर वा अन्य स्थलहरूको पहिचान, खोजी र अनुसन्धान गर्ने ।
(घ) बृहत्तर जनकपुर क्षेत्रको वातावरणीय सन्तुलन कायम राख्न आवश्यक कार्य गर्ने ।
(ङ) बृहत्तर जनकपुर क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकसित गर्ने